औद्योगिक व्यवसाय विकास प्रतिष्ठान

त्रिपुरेश्वर, काठमाडौँ ।

प्रि–डिप्लोमा (उद्यमशीलता विकासमा प्राविधिक एस.एल.सी/EDF) कार्यक्रम
(CTEVT बाट मान्यता प्राप्त)

तालिम कार्यक्रमको अवधि : यस तालिम कार्यक्रमको समयावधि १८ महिनाको हुनेछ । जसमध्ये १२ महिना कक्षागत र थप ६ महिना कार्यगत तालिम हुनेछ ।

तालिमको पाठ्यक्रम :

१.    उद्यमशीलता विकासको परिचय

२.    उद्यम विकासका सम्भाव्यताहरू

३.    उद्यम विकासका लागि सामाजिक परिचालन

४.    उद्यमी सक्षमता विकास (SIYB)

५.    बजार पहुँच

६.    प्राविधिक सीप तथा उपयुक्त प्रविधि

७.    वित्तीय पहुँच

८.    क्षमता विकास

९.    सञ्चार तथा सञ्जाल विस्तार

१०.   अनुगमन तथा मूल्याङ्कन

लक्षित वर्ग : एस.ई.ई. उत्तीर्ण भई उद्यमशीलता विकासको क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिहरू ।

आवश्यक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.ई.ई. परीक्षामा न्यूनतम E ग्रेडमा परीक्षा उत्तीर्ण गरेको ।

छनट प्रक्रिया : एस.ई.ई/एस.एल.सी तह उत्तीर्ण गरेका शैक्षिक योग्यतावापत प्रदान गरिने अङ्क र प्रवेश परीक्षामा प्राप्त गरेको अङ्कको योगफल तथा कार्यक्रम र कोटाका आधारमा योग्यताक्रमानुसार छनोट हुनेछ ।

सहभागी संख्या : अधिकतम ४० जना ।

तालिम कार्यक्रम सञ्चालन हुने स्थान : औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, त्रिपुरेश्वर, काठमाडौँ ।

तालिम कार्यक्रमको शुल्क :

धरौटी रु. २,५००।– (तालिम पछि फिर्ता हुने)
भर्ना शुल्क रु. ६,०००।–
अध्ययनसामग्री खर्च रु. ७,०००।–
उपयोग खर्च रु. ५,५००।–
स्थलगत अवलोकन खर्च (field visit ) रु. ३,०००।–
परिचयपत्र तथा पुस्तकालय कार्ड रु. १,०००।–
जम्मा रु. २५,०००।–

उक्त रकम भर्नाकाे समयमा एकमुष्ठ बुझाउनु पर्नेछ ।

प्रयोगात्मक परीक्षा शुल्क र CTEVT सम्बन्धी अन्य शुल्क CTEVT ले तोकेअनुसार हुनेछ ।

पूर्ण शुल्कीयमा फाराम भर्नेले फारम साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू :

१.  स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइज (35×45 mm) को दुई प्रति रङ्गीन फोटो

२.  एस.ई.ई. /एस.एल.सी. वा सोसरहको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

३.  नेपाली नागरिकता वा नावालिग वा जन्मदर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

४.  नेपालबाहेक अन्य मुलुकबाट एस.एल.सी. वा सोसरहको परीक्षा उत्तीर्ण गर्नेको हकमा नेपाल सरकारले तोकेको निकायद्वारा समकक्षता निर्धारण गरिएको प्रमाणित प्रतिलिपि ।

वर्गकृत नि:शुल्क छात्रवृत्तिको व्यवस्था : तोकिएको मापदण्डअनुसार ३ जनालाई छात्रवृत्ति प्रदान गरिनेछ । यसका लागि CTEVT को www.ctevt.org.np मा गई online application form भर्नुपर्नेछ ।

पूर्ण शुल्कीय लक्षित वर्ग कोटा : अपाङ्ग, पूर्व कमैया/हलिया, पिछडिएको दुर्गम क्षेत्र, दलित, महिला, आदिवासी–जनजाति, मुस्लिम, मधेशी र जनआन्दोलन/जनयुद्ध/मधेश आन्दोलनका/द्वन्द्वपीडित/ विस्थापित/बेपत्ता/शहिद परिवार/घाइते वा निजको सन्ततिवर्गका लक्षित समूहमध्येबाट स्वीकृत कोटाको १० प्रतिशत वा ४ जनाका लागि पूर्णशुल्कीय लक्षित वर्ग कोटा निर्धारण गरिएको छ । यस लक्षित वर्गमा सामुदायिक, सरकारी वा निजी विद्यालयहरूमा अध्ययन गरेका परीक्षार्थीहरू सहभागी हुन पाउनेछन् ।

पूर्ण शुल्कीय लक्षितवर्ग कोटामा आवेदन फाराम भर्नेहरूले माथि उल्लेख भएवाहेक आफू पर्ने लक्षित वर्ग खुल्ने निम्नानुसारको थप कागजातहरूको प्रमाणित प्रतिलिपि :

(क) सरकारी वा सामुदायिक विद्यालय, परिषद्को आङ्गिक शिक्षालय हो भनी क्रमशः सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइ र सम्बन्धित विद्यालय तथा परिषद् शिक्षालयले प्रमाणित गरेको पत्रको प्रमाणित प्रतिलिपि ।

(ख) दलितको हकमा राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको अनुसूची ३ अनुसारका जातिहरू र सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित पालिकाको कार्यालयवाट प्रमाणित गरिएको पत्रको प्रमाणित प्रतिलिपि ।

(ग) मधेशी/मुस्लिमको हकमा सम्बन्धित पालिका/जिल्ला प्रशासन कार्यालयले प्रमाणित गरिदिएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

(घ) आदिवासी जनजातिको हकमा नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनबमोजिम सूचीकृत भएको अनुसूची ४ अनुसारका जातिहरू र सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित पालिकाको कार्यालयबाट प्रमाणित गरिएको आदिवासी जनजाति प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

(ङ) खस आर्यको हकमा सम्बन्धित पालिका कार्यालयले प्रमाणित गरिदिएको प्रमाणपत्रको प्रतिलिपि ।

(च) थारुको हकमा सम्बन्धित पालिका कार्यालयले प्रमाणित गरिदिएको प्रमाणपत्रको प्रतिलिपि ।

(छ) पिछडिएको दुर्गम क्षेत्रकाको हकमा अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लाबाट नै न्यूनतम शैक्षिक योग्यता प्राप्त गरेको शैक्षिक योग्यता तथा स्थायी बसोबास गरेको सम्बन्धित पालिका कार्यालयले जारी गरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

(ज) बेपत्ता पारिएका व्यक्ति, सहिद परिवार, घाइते र निजको परिवारले विक्रम सम्वत् २०६२/६३ को जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनलगायत मुलुकभित्र भएका सबै आन्दोलनको क्रममा वेपत्ता पारिएका व्यक्ति तथा सहिद परिवार/जन–आन्दोलन घाइते परिवार/द्वन्द्वपीडित/विस्थापित हो भनी सम्बन्धित जिल्ला प्रशासन कार्यालयले प्रमाणित गरिदिएको प्रमाणपत्र र नाता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

(झ) अपाङ्गको हकमा नेपाल सरकारको सम्बन्धित कार्यालयले जारी गरेको अपाङ्ग परिचयपत्रको प्रमाणित प्रतिलिपि ।

(ञ) पूर्व कमैया/हलियाहरूको हकमा सम्बन्धित जिल्ला भूमि सुधार कार्यालयले जारी गरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र नाता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

(ट) विपन्न वर्गको हकमा आवेदन फाराम भर्ने सुरुदेखि अन्तिम मितिभित्रको सम्बन्धित पालिकाको कार्यालयले प्रमाणित गरिदिएको पत्रको प्रमाणित प्रतिलिपि ।

आवेदन फाराम भर्ने तथा बुझाउनेसम्बन्धी विवरण :

(१) प्रवेश परीक्षा शुल्क प्रति परीक्षार्थी रु. ५००।–
(२)

(३)

फाराम वितरण मिति

बुझाउने अन्तिम मिति

२०८० आषाढ २९ गते शुक्रबार देखि

२०८० श्रावण १२ गते शुक्रबारसम्म

(४) प्रवेश परीक्षा सञ्चालन हुने मिति २०८० श्रावण २४ गते बुधबार दिउँसो १:०० बजे
(५) परीक्षा केन्द्र
औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, त्रिपुरेश्वर, काठमाडौँ

आवेदन फारम डाउनलोड गरी भर्न सकिनेछ ।

Pre-diploma Open Quota

Pre-diploma Application form Lakshit Berga quota

सम्पर्क नम्बर : ५३६१३३९, ५३६१४६९, ५३६६१६३