″समुन्नत नेपालको लागि उद्यमी तथा उद्योगको सशक्तिकरण″
औद्योगिक व्यवसाय विकास प्रतिष्ठान
त्रिपुरेश्वर, काठमाडौं
स्टार्ट अप कार्यक्रम २०७९/८०

१. संस्थागत पृष्ठभूमि :
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको स्थापना “औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन २०५३” अन्तर्गत, २०५३ साल कार्तिक १९ गते भएको हो । वि.सं. २०४० मा तत्कालीन जर्मन प्राविधिक सहयोग नियोग (GTZ) को सहयोगमा साना व्यवसाय प्रवर्धन आयोजना (Small Business Promotion Project) को रूपमा सुरु भएको थियो । यस प्रतिष्ठानले राष्ट्रको औद्योगिक विकासका लागि उद्यमशीलता विकास, व्यवसाय व्यवस्थापन, कार्यमूलक अनुसन्धान तथा उद्योग व्यवसायको विकासका लागि आवश्यक जनशक्तिको विकास गरी उद्योग व्यवसाय क्षेत्रको विकासबाट अर्थ व्यवस्थालाई सबल तुल्याउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
२. प्रतिष्ठानको मुख्य उद्देश्य
(क) उद्योग व्यवसायको विकास कार्यमा संलग्न संघ संस्थाहरुको जनशक्ति विकास कार्यमा सहयोग पुर्‍याउन त्यस्ता संस्थाहरुको मागमा आधारित प्रशिक्षक प्रशिक्षण, गुणस्तर व्यस्थापन, सम्भाव्यता अध्ययन र परामर्श सेवा जस्ता सेवाहरु प्रदान गर्ने ।
(ख) उद्योग व्यवसायको विकासको लागि गुणात्मक सेवा प्रदान गर्न आवश्यकतानुसार कार्यमूलक अनुसन्धान गर्ने।
(ग) सेवामूलक संस्थाको रुपमा उद्योग व्यवसाय क्षेत्रको प्राविधिक, उद्यमशिलता र व्यवस्थापनसम्बन्धी ज्ञान तथा सीप विकास गर्नको लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने ।
(घ) स्वदेशी कच्चापदार्थ वा स्वदेशी र विदेशी कच्चापदार्थमा आधारित उद्योग व्यवसायको सम्भाव्यता अध्ययन, अनुसन्धान तथा विकासमा जोड दिने ।
(ङ) उद्योग व्यवसाय विकासको लागि आवश्यक संस्थाहरुको स्थापना र विकास गर्ने ।
३. प्रतिष्ठानको लक्षित समूह :
(क) उद्योग व्यवसाय गर्न चाहने सम्भाव्य उद्यमीहरू
(ख) उद्योग व्यवसाय सञ्चालन गरिररहेका उद्यमी, व्यवसायीहरू
(ग) उद्योग व्यवसायको विकासमा संलग्न व्यक्ति तथा संघसंस्थाहरू
४. स्टार्टअप कार्यक्रमको पृष्ठभूमि :
विकसित मुलुकमा ३ दशकदेखि चर्चामा रहे पनि नेपालमा भने स्टार्टअप बारेको अवधारणा तथा कार्यक्रम सञ्चालनको सुरुआती चरणमा नै छ । केही सरकारी तथा निजी क्षेत्रका संघ संस्थाहरुले यस क्षेत्रमा काम गर्न थालेका भए पनि आवश्यक मात्रामा यस्ता कार्यक्रम सञ्चालन हुन सकेको देखिदैन । त्यसैले हाल नेपालमा सिर्जनशील तथा ऊर्जाशील युवाहरुको अध्ययन, अनुसन्धान, अन्वेषणमा आधारित वा उद्यम व्यवसाय गर्ने कुनै नवीनतम सोच वा क्षमतालाई व्यवसायीकरण गर्न सहयोग पुग्ने तथा उत्प्रेरित गर्ने किसिमका कार्यक्रमहरुको आवश्यकता टड्कारो रुपमा महसुुस भैरहेको छ । यसै आवश्यकतालाई सम्बोधन गर्नको लागि यस औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आ. व. २०७३/२०७४ देखि स्टार्टअप कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

५. स्टार्टअप कार्यक्रम के हो ?
स्टार्टअप भनेको अध्ययन, अनुसन्धान, अन्वेषणमा आधारित वा उद्यम व्यवसाय गर्ने कुनै नवीनतम सोच वा क्षमता भन्ने बुझिन्छ । अर्को शव्दमा नवीनतम सोच भएका र बजारमा चाँडो विस्तार हुन सक्ने सम्भावना भएका व्यवसायलाई स्टार्टअप भन्ने गरिन्छ । त्यस्ता नवीनतम सोच वा अध्ययन, अनुसन्धान, अन्वेषणलाई यस्ता सोच वा सम्भावना भएका सबै युवाहरुले कार्यान्वयन गर्न सक्ने अवस्था नहुने वा कार्यान्वयन गर्न कठिन हुने हुंदा सरकार वा अन्य उद्यम व्यवसाय प्रवद्र्धनमा लागेका क्षेत्रबाट सुरुको लगानीदेखि परिपक्व हुन्जेलसम्म सहायता तथा सहुलियत दिनु स्टार्ट अपको मुख्य विशेषता हो ।

६. स्टार्ट अप कार्यक्रमको उद्देश्य :
– अध्ययन, अनुसन्धान, अन्वेषणमा आधारित वा उद्यम व्यवसाय गर्ने कुनै नवीनतम सोच वा क्षमता भएका वा वृद्धि उन्मुख युवा उद्यमीहरु पहिचान गरी उद्यम व्यवसाय स्थापना, सञ्चालन तथा वृद्धिको लागि आवश्यक सहयोग गर्ने
– नेपालमा उद्यमशीलताको प्रवर्धन तथा विकास गर्नको लागि निजि क्षेत्रसंग सहकार्य गर्ने
– नेपालमा उद्यमशीलताको प्रवर्धन तथा विकास गर्नको लागि सार्वजनिक निजि क्षेत्रको बीच उद्यमशील पर्यावरणीय वातावरण सिर्जना गर्ने
७. कार्यक्रम सञ्चालन प्रकृया :
– आवेदन संकलन

– आवेदकहरूको क्जयचत shortlisting गर्ने
– आवेदन फाराम तथा व्यवसायिक बिचारको प्रस्तुतीकरणको आधारमा २०–२५ जना संभावित उद्यमीहरुको छनोट
– छनोट भएका संभावित उद्यमीहरुको लागि उद्यमशीलता सम्बन्धी ३ दिनको अभिमुखीकरण कार्यक्रम र १० दिनको बूट क्याम्प सञ्चालन
– सहभागीहरुलाई आवश्यकता अनुसार व्यवसायिक परामर्श सेवा उपलब्ध गराउने
– सहभागीहरुको माग भएमा व्यवसाय व्यवस्थापन तालिम सञ्चालन गर्ने ।

८. आवेदन दिनको लागि आवश्यक योग्यता :
– नेपाली नागरिक हुनुपर्ने ।
– उमेर : २१ वर्ष पुरा भै ५० वर्ष सम्म
– न्यूनतम शैक्षिक योग्यता : १२ कक्षा उत्तिर्ण
– अध्ययन, अनुसन्धान, अन्वेषणमा आधारित वा नवीन व्यवसायिक सोंच भएको
– व्यवस्थापन वा प्राविधिक विधामा कलेजमा अध्ययन विद्यार्थीहरुलाई विषेश प्राथमिकता दिइनेछ

९ .कार्यक्रम सञ्चालन तालिका

क्र.संकार्यक्रममिति
आवेदन दिने अन्तिम मिति२०८० जेठ १४ गते आइतबार
सम्पर्क मिति२०८० जेठ १७ गते बुधबार
व्यावसायिक विचारको प्रस्तुतीकरण२०८० जेठ १८ र १९ गते
(Short List भएका आवेदकहरूलाई मात्र व्यावसायिक विचार प्रस्तुतीकरणमा सरिक गराइनेछ ।)
अभिमुखीकरण कार्यक्रम र बूट क्याम्पको लागि सहभागी छनोटको नतिजा प्रकाशन२०८० जेठ २१ गते आइतबार
अभिमुखीकरण कार्यक्रम सञ्चालन२०८० जेठ २३ देखि २५ गते सम्म ३ दिन
बूट क्याम्प सञ्चालन२०८० जेठ २८ गते देखि असार ६ गते सम्म १० दिन
आवश्यक परामर्श, सल्लाह सुझाव तथा सहयोग प्रदानदुई वर्ष सम्म

विस्तृत जानकारीका लागि सम्पर्कः
औद्योगिक व्यवसाय विकास प्रतिष्ठान
त्रिपुरेश्वर, काठमाण्डौ
फो.नं. ५३६१३३९, ५३६१४६९, ५३६११६२, ५३६११६३
ईमेलः iedi2053@gmail.com
वेबसाइटः www.iedi.org.np